दिदीबहिनी समाज भिक्टोरिया अस्ट्रेलियाको भिक्टोरियामा भएका नेपाली संस्थाहरुमा खासै पुरानो संस्था होइन । र पनि आफ्नो स्थापनाको करीब आधा दशकभित्र यस्ले आफूलाई आफ्ना गतिबिधिहरुका आधारमा भिक्टोरियास्थित नेपाली संस्थाहरुमा अग्र स्थानमा राख्न सफल भएको छ ।
दिदीबहिनी समाज भिक्टोरियाका कार्यक्रमहरु तडक भडक बिनाका त हुन्छन नै साथै व्याबहारिक रुपमा नै जीवनोपयोगी र समाजोपयोगी पनि हुन्छन । भिक्टोरियाको नेपालीहरुका बीच भएका संस्थाहरुमध्ये यो मात्रै एउटा संस्था हो जस्ले यहाँँ आयोजना गरिएको कार्यक्रमबाट उठेको रकम जोगाएर नियमित रुपमा नेपालमा बलात्कार पीडित महिलाहरुको सहयोगार्थ पठाउने गर्छ ।
संस्था जन्माएर निरन्तरता दिनु ठुलो कुरा हुँदाहुँदै पनि त्योभन्दा ठुलो र महत्वपूर्ण कुरा एउटा छुट्टै र मर्यादित पहिचान कायम गर्नु हो जुन दिदीबहिनी समाज भिक्टोरियाले गरिराखेको छ ।
प्राप्त एउटा छुट्टै र मर्यादित पहिचान कायम गर्ने सफलतालाई निरन्तरता दिनेभन्दा पनि अझै उचाइ कायम गर्ने सफलता मिलोस यो संस्थालाई – हार्दिक शुभ-कामना!!!
रामकुमार श्रेष्ठ
विस्व संयोजक, लुम्बिनी-कपिलवस्तु दिवस अभियान
सल्लाहकार, गैर आवासीय नेपाली संघ अस्ट्रेलिया
सल्लाहकार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया
सल्लाहकार, अन्तराष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलिया
सल्लाहकार, गोर्खा समाज अस्ट्रेलिया
संरक्षक, गैर आवासीय नेपाली संघ भिक्टोरिया
सल्लाहकार, अष्ट्रेलियन नेपाली बहु-साँस्कृतिक केन्द्र
25 Nov 2020 - 10 Dec 2020
“Respect is…” is the theme of Respect Victoria’s 2020 campaign. This is a positive message that aims to support Victorian communities to engage in conversations about ‘respect’ – what respect means to us, what re...
Share this news article online