परिवर्तित सुर्खेत जिल्ला पंचपुरी नगरपालिका वडा नं. ६ बसोबास गर्ने दिल ब. बि.क.को छोरी सिता बि.क.११ वर्षकी भइन । उनी ६ महिनाको हुँदा उनकी आमाले अर्को संग बिबाह गरि गईन बुबाको लागुपदार्थ पिउने र कहिले इन्डिया जाने कहिले कतै बस्ने बानीले गर्दा उनी आफ्ना अंकल र हजुरबुबाको संरक्षणमा बस्दै आएकी थिइन । यसरी उनको बाल्यकाल अंकल तथा हजुरबुबा संगै बित्यो जब उनी बिस्तारै ठुली हुदै गइन। २०७० सालमा उनका बुबाले अर्को बिहे गरे र उनलाई घरमा कान्छि आमा संग राखे तर कान्छि आमा र गाँउलेको कुरा सुनी उनी कान्छि आमासंग बस्न नसकि कहिले गाँउमा फुपु नाता पर्ने,कहिले बज्यै नाता पर्नेको घरमा, कहिले बाजेको घरमा,कहिले आमा संग बस्दै आइन । सिता कक्षा ३ मा अध्ययन गर्थिन तर नियमित बिद्यालय जादैनथिन। कहिले अरुको भाडा माभ्ने, कहिले दाउरा ल्याईदिने काम गर्थिन । उनी जाहाँ खान र बस्न पाइन्छ गाँउमा उसैको घरमा रात बिताउने गर्थिन यसै क्रममा २०७४ साल कार्तिक ४ गते सिताकी कान्छी आमा माइत गएकी थिइन । सिता चाडवाडको दिन हजुरबुबाको घरमा गइन, हजुर बुबा पनी बैनीसंग टिका लगाउने भनी गए, राती सम्म पनी हजुरबुबा घरमा नआएपछी उनी सुत्नका लागी आटीमा गइन रातको लगभग ९ बजेको थियो उनका अंकल रक्सी खाई आई उनलाई मुख बुझेर जबरजस्तीकरणी गरे र कसैलाई भनेमा मार्ने धम्की दिए । सिता त्यो रातैभरी रोएर बिताइन, उनी एक्लै बस्न डराउने , उनी ३ दिन सम्म पनी राम्रो संग हिडडुल गर्न नसक्ने, कसैसंग नबोल्ने भएपछी उनकी साथि बिमला ले उनलाई के भयो भनी सोध्दा डराई डराई कसैलाई नभन्ने भनी सबै कुरा बताएन । बिमला ले त्यो कुरा आफ्नो आमा लाई भनेपछी सबैमिली गाउँमा केटालाई सम्झाई अब त्यस्तो नगर्ने भनी छाडि दिए । कुरा गाउँमै सेलाएयो, सिताका दिन पहिला जस्तै बितिरहेका थिए ।
यसै क्रममा बिद्यालय सुरु भएपछी बिद्यालयमा पनी चर्चा सुरु भयो र मंसिर २ गतेलगभग १महिना पछी कुरा बिद्यालयका अन्य साथिको माध्यम बाट १०९८ मा आयो बाल हेल्पलाइन मार्फत प्रहरीको सहयोग बाट बालिकालाई उद्धार गरी आवाज संस्थाको आपतकालिन पुर्नस्थापमा केन्द्रमा राखीयो भने पिडकलाई प्रहरी हिरासतमा राखीयो । पुर्नस्थापनमा केन्द्रमा बालिकालाई सुरक्षा, मनोबिमर्श सेवा, औषधि उपचार लत्ता कपडा सेवा प्रदान गरियो २ महिनाको बसाई पछी बालिका आफ्ना कुरा राख्न सक्ने, खुलेर कुरा गर्ने ,दिउसो डराउन छाडेको, आफ्नो सरसफाईमा ध्यान दिने, अनुहारमा खुसीपन , आफ्ना योजना बताउने, योजना बनाउने र आफु माथि अत्यचार गर्ने मान्छेलाई कारबाहि हुनुपर्ने कुरा समेत अदालतमा बताउन सक्ने भइन ।अहिले उनका संरक्षकले नै उनलाई साथ दिन नखोज्ने, सितालाई नै झुटो आरोप लगाएको कुरा गर्ने, २ महिनाको बिचमा उनका अभिभावकको तर्फबाट सितालाई भेट्न कोहि पनी नआएको , संरक्षक नै दोषि भएकाले महिला तथा बालबालिका कार्यालय र आवाज संस्थाको पहलमा अहिले सितालाई लामो समयको पर्नस्थापनाका लागी शिक्षा, पालन पोषणका लागी अन्तरदृष्टि बालिका गृहमा पठाइएको छ भने दोषिले जेल सजाय भोगी रहेको छ, फैसला हुन बाकी छ ।
18 to 24 of October 2020
The Week Without Violence (WWV) is an annual campaign to end violence against women.
Every year DBSV has been organizing various programs focusing on activities on raising awareness, promoting attitude change, and enabling i...
DBSV is the first and only Nepalese women’s organisation in Victoria, Australia. DBSV has been a common platform for all Nepalese women for the last 10 years and later for multicultural women. The journey started in 2012 by a group of strong active Nepa...
Share this news article online